आजको राशिफल – मिति वि.सं. २०७३ साल भदौ २ गते बिहीबार तदानुसार इश्वी सन् २०१६ अगस्ट १८ तारिख – जनै पूर्णिमा,रक्षा बन्धन READ MORE NEWS
5:33 PM
![]() |
आजको राशिफल – मिति वि.सं. २०७३ साल भदौ २ गते बिहीबार तदानुसार इश्वी सन् २०१६ अगस्ट १८ तारिख – जनै पूर्णिमा,रक्षा बन्धन
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा बिस्तारै प्रगति हुनेछ। मध्याह्नदेखि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मेहनत गर्दा आम्दानी बढाउने बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। व्यापारमा मनग्य धन लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नदेखि परिस्थितिले निराश तुल्याउन सक्छ। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। दु:खी मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। कमजोरीले चिन्ता बढाउन सक्छ। तापनि मध्याह्नदेखि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वातावरण रमाइलो रहे पनि परिस्थितिले निराश तुल्याउन सक्छ। सोखले खर्च बढाउन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ। दु:खी मन लिएर मुस्कुराउनुपर्ला। मध्याह्नपछि स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। काममा समय दिन नसकिएला। अर्थ अभावले योजना रोकिन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
ईर्ष्यालु मन भएकाहरूले सताउलान्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। लोकाचार तथा उपहारमा अनियन्त्रित खर्च बढ्नाले मन पिरोल्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नपछि अधिकारका लागि केही संघर्ष हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। पढाइलेखाइमा प्रगति हुनेछ। हिम्मत गर्दा परिस्थितिलाई बदल्न सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। मध्याह्नदेखि थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। ढिलै भए पनि कर्मको उचित प्रतिफल पाइनेछ। ताढिएका आफन्तहरू नजिकिन सक्छन्। सहयोगीहरूले राम्रो साथ दिनेछन्। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बोलीको भरमा काम बन्न सक्छ। मध्याह्नदेखि सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको मेहनतले मनग्य आम्दानी दिलाउनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।नोट – प्रश्तुत राशिफल नेपाली पात्रोबाट साभार गरिएकोअवसर प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। कमजोरी लुकाउँदा पछि परिनेछ।

![]() |
0 comments