आज जनै पूर्णिमा अर्थात रक्षा-बन्धन, देश भरि मनाइदै READ MORE NEWS

5:31 PM

काठमाडौं, २ भदौ | आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुक भरी मनाईदैछ । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका janai-purnimaअवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराए। शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमाdownload जनै पूर्णिमालाई लिइन्छ,” उनले भने –”यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।” तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायुनेवार समुदायमा भने यस पर्वलाई गुन्हु पुन्हीको नाममा बेग्लै रुपमा मनाईने गरिन्छ । जनैपुर्णिमामा मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ । काठमाडौं उपत्यकाका नेवार समुदायले यो दिनलाई क्याटी पूर्णिमाका रुपमा मनाउने गर्छन् । ललितपुरको बुंगमतिको मच्छिन्द्र बहालबाट दिप प्रज्वलन गरि बुंगमति नगर परिक्रम गरिन्छ । कृषि प्रधान मुलुकमा अहिले खेतीपातीको काम सकिने तथा वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा फेरि उर्जा ल्याउन टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने चलन बसेको हो । काठमाडौ उपत्यकाका किसानले आआफ्ना खेतमा गएर भ्यागुतालाई पूजा गरी भात खुवाउने चलन पनि छ

You Might Also Like

0 comments