केहि दिन देखि बिबादमा तनावमा आएकी ज्योति मगर आज महानगरीय प्रहरीमा पुगिन READ MORE NEWS

6:37 PM



काठमाडौं १ भदौ | बुधबार दिउँसाे गायिका ज्योती मगर टेकुस्थित महानगरीय प्रहरी परिसरमा देखिइन्। कारण बुझ्दा थाहा भयो, केही दिनदेखि उनले ठूलै तनाव व्यहोर्नु परिरहेको रहेछ।
Jyoti-Magar
कसैले उनको फेसबुक एकाउन्ट ह्याक गरिदिएछ। केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि उनले व्यक्तिगत एकाउन्ट मात्र चलाउँदै आएकी थिइन्। जसमा एक लाखभन्दा बढी फलोअर छन्।
फेसबुकमा उनले पोष्ट गर्ने तस्बिर तथा स्ट्याटसमा अश्लिल कमेन्टको सास्ती त भोग्दै आएकी थिइन् नै, यसपटक भने ह्याकरले प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्म अश्लिल तस्बिर पोष्ट गर्न थालेको छ। त्यति मात्र होइन अरुलाई जथाभावी म्यासेज पठाउने, अनफ्रेन्ड तथा ब्लक गर्न थालेको रहेछ।

यसपछि उनी चाँडोभन्दा चाँडो आफ्नो फेसबुक एकाउन्ट ह्याकरबाट मुक्त होस् र ह्याकर पत्ता लगाएर कारबाही होस् भन्दै प्रहरीकोमा उजुरी गर्न पुगेको एसपी सहकुल थापाले सेतोपाटीलाई जानकारी गराए। श्रोत सेतो पाटि

You Might Also Like

0 comments