जाजरकाेटे रूपाकाे कहालीलाग्दाे पिडा – श्रीमान् बिते, कसरी चार बालबच्चा हुर्काउने read more news

7:33 PM

निकै समस्यामा हुनुहुन्छ । आफू सक्ने हुँदा ज्याला मजदुरी गरेर ल्याएको अन्न खान पाइन्छ । नसक्दा त त्यही पनि भोकै । जाजरकोट ढिमे–२ मालुमेला बस्ने रुपा विश्वकर्मा यस्तै पीडामा हुनुहुन्छ । रुपाको १५ वर्षको उमेरमा डोल्पा लहाका बुद्धिबहादुर नेपालीसँग बिहे भयो । तीन छोरी र एक छोरा जन्मिए । दुःखसुख गरेरै भए पनि परिवार जेनतेन चलिरहेको थियो । विवाह भएको सात वर्षमै श्रीमान्को ज्यान गयो ।


श्रीमान्को मृत्युपछि परिवारको आर्थिक अवस्था पनि निकै नाजुक हुँदै गयो । रुपालाई छाक टार्न पनि समस्या भएपछि रुपा चारजना लालाबाला लिएर माइतीघर जाजरकोट ढिमे आउनुभयो । यहाँ पनि उनलाई गाँस र बासको समस्याले छोडेन । माइतीको अवस्था पनि उस्तै । जग्गाजमिनको नाममा एक टुक्रो पाखोबारी मात्र । दैनिक ज्याला मजदुरी गरेर खाने । तैपनि छोरीलाई बस्ने ओत दिए माइतीले ।

“न त हातमा सीप छ, न काम गरौँ भने खेतबारी नै छ, म कसरी यी केटाकेटी पालौँ,” रुपाले दुःख प्रकट गर्नुभयो – “यी केटाकेटीको पढाइ खर्च कहाँबाट जुटाऊँ ।” रुपाले भन्नुभयो – “म त साह्रै समस्यामा परेँ । पढ्ने उमेरमा सानैमा बिहे भयो । बिहे गर्ने उमेरमा विधवा हुनु प¥यो । अब साथमा रहेका चारजना छोराछोरीको लालनपालन र पढाइलेखाइ कसरी गरुँ ?” उहाँका जेठी छोरी पार्वती ९ वर्ष, माइली छोरी चन्दा ८ वर्ष, कान्छी छोरी रेखा ४ वर्ष र छोरा अनिल ३ वर्षका भए ।

गाँउलेको गहुँ, मकै, धान गोड्ने, रोप्ने, काट्ने काम गर्दै २५ वर्षिया रुपाले केही जोहो गर्नुभएको छ । श्रीमान् बितेको तीन वर्ष भयो । “जिन्दगी अझै धेरै लामो छ कसरी बित्ने हो, केही थाहा छैन” – उहाँले भन्नुभयो । कसैले सीपमूलक तालिम दिएको भए र छोराछोरीलाई पढाउने व्यवस्था मिलाइदिएको भए आफ्ना लागि ठूलो राहत हुने उहाँले बताउनुभयो । “मीठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागि सपना भए, दुई छाक गाँस र एकसरो शरीर ढाक्ने कपडाका लागि सङ्घर्ष गरिरहनु परेको छ” – रुपाले दुःख सुनाउँदै भन्नुभयो ।

You Might Also Like

0 comments